काठमाडौं, ८ भदौ । नेपाल मेडिकल कलेजले निःशुल्क मोतियाविन्दु तथा आँखा शिविर आयोजना गरेको छ । अत्तरखेल, जोरपाटी स्थित कलेजले बुधबार र बिहिबार बौद्ध मेरिडियन स्कुलमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो ।
शिविरमा उक्त स्कुलका ४ सय विद्यार्थीहरुको आँखा जाँच गरिएको छ । बुधबारको शिविरमा नेपाल मेडिकल कलेजका आँखा रोग विशेषज्ञ चिकित्सकहरु डा. मनिषा साक्य, दृष्टि विशेषज्ञ डा. अनुमिसाल, डा. रोजी सिजापती, डा. परिना राईले आँखा जाँच गरेका थिए ।
त्यस्तै, बिहीबारको शिविरमा अनवेशा श्रेष्ठ, दृष्टि विशेषज्ञ जयसुन्दर सुनरैत, स्मीता श्रेष्ठ तथा रबी शुक्लाले आँखा जाँच गरेका थिए । कलेजका अस्पताल इन्जार्च दिलिप साहका अनुसार उक्त आँखा शिविरमा ७० जनामा अपवर्तक त्रुटी, ४ जनामा सुस्त आँखा तथा ४ जनामा ब्लिफिराइटिस देखिएको छ ।
कलेजले सामाजिक उत्तरदायित्व अन्तरगत निःशुल्क आँखा शिविर गरेको हो । पछिल्लो समय आँखा पाक्ने रोग फैलिइरहेको अवस्थामा कलेजले सचेतना समेत दिएको छ ।